जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकको बुटवल शाखाले स्थानीय उद्योगी व्यापारीलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधिसहित १५० जनाको उपस्थिति रहेको थियो ।

लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका छन् ।

यो डिजिटल युग भएको र डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा जानकारी गराए ।

व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेको बताए ।

बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको छ ।

2505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?