जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मोटर बीमा बापत उठ्ने रकम करिब ५ प्रतिशत घट्यो

मोटर बीमा बापत उठ्ने रकम करिब ५ प्रतिशत घट्यो

चालू आर्थिक वर्ष (आव) को फागुनको तुलनामा चैतमा मोटर बीमा गराउने घटेका छन् । बीमा समितिका अनुसार फागुनको तुलनामा चैतमा मोटल बीमामार्फत उठ्ने कुल बीमाशुल्क ४ दशमलव ७५ प्रतिशतले घटेको हो । फागुनमा १२ लाख ७२ हजार ३८६ बीमालेख विक्री गरी १ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको थियो । 

तर चैतमा घटेर १ अर्ब ४ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन भएको छ । समितिका अनुसार चैतमा बीमालेख संख्याको विक्री भने बढेको छ । चैतमा १४ लाख २५ हजार ७६८ बीमालेख विक्री भएको छ । 

प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा फागुनको तुलनामा चैतमा कुल बीमा शुल्क आर्जन घटेको छ । समितिका अनुसार प्रतिशतका आधारमा सबैभन्दा बढी बीमा शुल्क आर्जन घट्नेमा सुदूरपश्चिम प्रदेश रहेको छ । यो प्रदेशमा कुल बीमाशुल्क आर्जन चैतमा १२ प्रतिशत घटेको छ । यो प्रदेशमा फागुनमा ४ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेकोमा चैतमा ३ करोड ६८ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको हो । 

चैतमा सबैभन्दा बढी मोटर बीमाशुल्क आर्जन बागमती प्रदेशबाट भएको छ । यो प्रदेशबाट ४८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट १२ करोड ८१ लाख, प्रदेश नम्बर १ बाट १० करोड ३६ लाख, गण्डकी प्रदशबाट ९ करोड ५८ लाख, मधेश प्रदशबाट ८ करोड ९२ लाख र कर्णाली प्रदेशबाट १ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ । 

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका