जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नबिल बैंकले साउन १० देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

नबिल बैंकले साउन १० देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

नबिल बैंक Nabil Bank Limited ले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले  प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ।   ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज भुक्तान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ ११ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।  ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा साउन १३ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २४ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम २५  कित्ता र अधिकतमपुरै कित्ताको लागि आवेदन दिन सकिने छ  ।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका