जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • नेशनल लाइफको काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

नेशनल लाइफको काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं शाखा कार्यालयले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौं शाखा कार्यालय घण्टाघरमा एक बिशेष कार्यक्रमकाबीच कम्पनीका डिसिओ स्मृतिराज कंडेलद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कम्पनीका बगमति प्रदेश प्रमुख जयराम धितालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । स्वागत मन्तव्यका क्रममा धितालले लक्ष्य प्राप्तिका लागि कम्पनीले अभिकर्ताहरुलाइ निरंतर रुपमा प्रोत्साहित गर्दै अघि बढ्ने उद्देश्य रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा रहेका डिसिइओ स्मृतिराज कंडेलले कम्पनीको लामो समयदेखिको व्यवसायिक अनुभव ,बलियो आर्थिक सुचांक नेपाली बीमा बजारमा उत्कृष्ट बोनस, अनुभवी एवं मेहनती अभिकर्ताका साथै चुस्त र सक्षम व्यवस्थापनका कारण कम्पनीले निरंतर प्रगति गरिरहेको बताए ।

यसैक्रममा मार्केटिंग प्रमुख विवेक शर्माले प्रेरक मन्तव्यका क्रममा उत्कृष्ट प्रतिफलका लागि ३७ वर्षदेखि निरंतर प्रतिवद्ध रहंदै आएको,उत्कृष्ट बीमा योजना सहित राष्ट्रीय बाणिज्य बैकको प्रवर्द्धनमा निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफमा क्रियाशील रहेका अभकर्ताहरुले आफ्ना लक्ष हासिल गर्न योजनावद्ध रुपमा लाग्नुपर्ने बताउंदै कम्पनीले विभिन्न समयमा ल्याएका मासिक लक्ष्यहरु पुरा गर्दै जाने हो भने अभिकर्ताहरुलाई वर्षको अन्तमा आफ्ना लक्ष्य पुरागर्न कठिनाई नपर्ने भएकोले सवैलाई उत्कृष्टता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गरेका छन् ।

कम्पनीका क्षेत्रीय प्रवन्धक सुमोद थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिसिइओ स्मृतिराज कंडेल मार्केटिंग प्रमुख विवेक शर्मा, सहायक क्षेत्रीय प्रवन्धक रबिन्द्र शाक्य, बागमति प्रदेश प्रमुख जयराम धिताल ,तथा वरिष्ठ विकास अधिकृत प्रशान कपालीको समुपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । साथै उक्त अवसरमा एकैदिन बीसवटा बीमालेख जारी गरिएको थियो ।

उक्त कार्यक्रममा सभापतिको भूमिकामा रहेका क्षेत्रीय प्रवन्धक सुमोद थापाले बीमा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका अभिकर्ताहरुको कार्यक्षमतामा यल्ता पुनर्ताजगी कार्यक्रमले विशेष भूमिका खेल्ने बताएका छन् ।

सयौंका संख्यामा अभिकर्ताको उपस्थिति रहेको सो कार्यक्रम चक्रप्रसाद जोशीले संचालन गरेको उक्त कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न भएको थियो ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?