जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • टेलिफोनमा अरबौंको ठगि रोक्न टेरामोक्स ल्याएका हौँ, जनताको फोन ट्याप गर्न होइन : अध्यक्ष खनाल

टेलिफोनमा अरबौंको ठगि रोक्न टेरामोक्स ल्याएका हौँ, जनताको फोन ट्याप गर्न होइन : अध्यक्ष खनाल

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामोक्स (टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम) प्रविधि दूरसञ्चार सेवा प्रदायकको ठगि रोक्नको लागि ल्याईएको बताएका छन्। आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष खनालले टेलिफोनको अरबौं ठगि रोक्न टेरामोक्स ल्याएको र यस प्रविधिले जनताको फोन ट्याप नगर्ने उनले प्रष्ट पारेका हुन्।

टेलिकम कम्पनीहरूले गर्ने बद्मासी रोक्ने लक्ष्यसहित यो प्रविधि ल्याईएको उनको भनाई थियो। टेरामोक्सले व्यक्तिगत डेटा नराख्ने बताउँदै उनले कसैको पनि फोन ट्याप नगर्ने बताए ।

टेलिकम कम्पनीहरूबाट राजश्व छली भएको बताउदै उनले सेवाग्राहीलाई सेवा दिएवापत् सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरूको अन्य गतिविधिमाथि निगरानी गर्न यो प्रविधि ल्याउन लागेको बताए।

प्राधिकरणले अहिलेसम्म टेलिकमबाट प्रयोग भएको डेटा एक–एक जनाबाट हेरिएको उल्लेख गर्दै उनले अब रियल टाइममा डाटा आवश्यक भएकोले अहिले भईरहेकै कामलाई अटोमेसनमा लान खोजिएको उल्लेख गरे ।

प्राधिकरणले ल्याउन खोजेको टेरामोक्स प्रविधिबारे बजारमा विभिन्न टिकाटिप्पणी भएपछि प्रविधि निर्माता कम्पनीले पनि यसबारे प्रष्ट पारेको छ। यस प्रविधिको प्राविधिक पाटो बुझाउन टेरामोक्स प्रविधि निर्माता कम्पनी भेनराइज सोलुसन्सका प्रतिनिधि मोहम्मद हार्भले नेपाल आएका हुन्।

लेबनानका नागरिक हार्भले यस प्रविधि के हो, कसरी काम गर्छ , र के के विशेषता छन् भन्नेबारे प्रस्तुति दिएका हुन् । प्रस्तुतिको क्रममा उनले यस प्रविधिमा कहिँ कतै पनि फोन ट्यापीङ अर्थात् फोन रेकर्डको व्यवस्था नरहेको प्रष्ट पारे । फोन ट्यापीङको लागि आवश्यक पर्ने उपकरणहरु नै यसमा सामेल नरहेको उनले बताए।

उनका अनुसार यो प्राधिकरणले सेवा प्रदायकलाई निगरानी गर्नको लागि तयार पारिएको प्रविधि हो। सेवा प्रदायकले पठाएका सूचना यस प्रविधि मार्फत प्राधिकरण समक्ष आउने उनले बताए। सेवा प्रदायकले कल रेकर्ड तथा व्यक्तिगत गोपनियता सम्बन्धी सूचना नै नपठाउने भएकोले यस प्रविधि मार्फत कल ट्यापीङ नै नहुने उनले प्रष्ट पारे ।

मूल्यका विषयमा आएका जिज्ञासालाई पनि सम्बोधन गर्दै निर्माता कम्पनीका प्राविधिक हार्भले यो कम्प्युटर मात्र नभई विभिन्न सफ्टवेयर र हार्डवेयर सहितको एउटा पूर्ण प्रविधि भएकोले कम्प्युटरको मूल्यको तुलना गर्न नमिल्ने बताए ।

टेरामोक्स भनेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम हो । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रविधि कार्यान्वयन गर्ने प्रस्ताव गरेको छ ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका