जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • भुक्तानी नगरेपछि इन्टरनेट सेवा अवरुद्ध

भुक्तानी नगरेपछि इन्टरनेट सेवा अवरुद्ध

नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवा अवरूद्ध भएको छ । बिहीबार ४ बजेदेखि अधिकांश इन्टरनेट सेवा अवरूद्ध भएको हो ।

भारतीय अपस्ट्रीम सेवा प्रदायक कम्पनीले इन्टरनेट सेवा काटेपछि नेपालको इन्टरनेट ठप्प भएको हो । वर्ल्ड लिङ्कका अनुसार भारतीय कम्पनीलाई भुक्तानी गर्नु पर्ने रकम नगरेका कारण सेवा अवरूद्ध भएको हो ।

आफूहरूले विदेशी मुद्राको लागि नेपाल सरकारबाट अनुमति प्राप्त नगरेका कारण भुक्तानी रोकिएको वर्ल्डलिङ्कले बताएको छ । साथै, छिट्टै सेवा सूचारू गर्ने विषयमा पहल भइरहेको कम्पनीको भनाइ छ ।

नेपालका इन्टरनेट सेवा कम्पनीहरूले ३ अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको तथ्याङ्क छ ।

ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?