जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ‘सर्जरी’ नै खोजेको अर्थतन्त्रलाई झारफुक गरेर हुँदैन : स्वर्णिम वाग्ले

‘सर्जरी’ नै खोजेको अर्थतन्त्रलाई झारफुक गरेर हुँदैन : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् प्रतिनिधि सभा सांसद स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रले अहिले सर्जरी खोजेको र झारफुक गरे ठीक हुन्छ कि भनेर लाग्न नहुने बताएका छन् ।

‘अर्थमन्त्रीज्यू भन्नु हुन्छ आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, सामाजिक न्याय दिन्छु, संघीयताको सबलीकरण गर्छु र निजी क्षेत्रको मनोबल वृद्धि गर्छु । तर, तै पनि किन खल्लो हो माहोल ?’, सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हामी कुनै उत्साहिन कर्मकण्डमा सामेल भएको जस्तो अनुभव गरिरहेका छौं । यो यथास्थितीवादी निवन्धले सम्पुर्ण नीति, योजना, बजेट निर्माणमा शासकीय व्यवस्थामाथि नै अविश्वस भइरहेको छ । अब सुधारने, सप्रिने र सच्चिनेको विकल्प छैन् ।’

नेपाली कांग्रेसको घोषण पत्र अर्थमन्त्रीले पढेको होला भनेर प्रश्न गरेका छन् । आफूले थोरबहुत पढेको र आफूले नै लेखेको बताउँदै उनले त्यहीअनुसार काम गर्दा पनि देशको आर्थिक अवस्था माथि उठ्ने दाबी गरे ।

‘आर्थिक वृद्धिको कुरा ठीक हो । तर, अर्थतन्त्रले लय गुमाएको बेला ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षपण भएको बेला आज २ प्रतिशतभन्दा कममा हामी रुमलिरहेका छौं’, उनले भने, ‘मलाई याद छ अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको बजेटमा स्थिरता र स्थाइस्तो के कुरा गरिएको थियो । त्यतिबेला अर्थतन्त्र लयमा नै थियो । अहिलेका राजस्व कम उठ्नु, व्यापार घाटा वृद्धिलगायत ४ वटा ठूला खाडल पुरा गर्नुपर्ने अवस्था छ ।’

अर्थमन्त्री प्रकाशशरण महतले हिजो प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी र नियमित जस्तै भएको वाग्लेको भनाइ छ । उनले देशको आर्थिक अवस्था बिग्रिएको बेला पनि त्यसमा कुनै चासो नदिएको बताए ।

उनले भने, ‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिने छ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथाकिता तथा सिद्धान्त प्रस्तुत गर्नु भएको छ । विगत केही वर्षका विनियोजन विधेका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित र कर्मकाडी नै यो दस्तावेज आएको छ । अहिले अर्थतन्त्र असाधारण अवस्थमा रहेको छ । यस वर्षको आर्थिक वृद्धि दर ३ दशकको नै कमजोर रहेको छ ।’

आर्थिक वर्ष सकिन लाग्दा पनि ५१ प्रतिशत मात्रै राजस्व उठेकोले असफल नीतिलाई नितन्तरता दिने कि नयाँ केही गर्ने भनेर उनले प्रश्न गरेका छन् ।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका