जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ह्याम्स अस्पतालमा नेपाल एसबिआई बैंक र एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई १० प्रतिशत छुट

ह्याम्स अस्पतालमा नेपाल एसबिआई बैंक र एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई १० प्रतिशत छुट

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पतालबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा ह्याम्स अस्पतालका लिमिटेडका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा मर्चेण्ट बैंकिङ्ग मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकले ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा उपचारका लागि लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् । साथै फर्मेसीको लागि लाग्ने शुल्कमा ५ प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?