जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म पाउने

महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म पाउने

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७६/२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७७ असोज ७ गतेको पत्र मार्फत स्वीकृत भई २०७६/ ७७ को लागि कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो ।

महालक्ष्मी सावधिक जीवन बीमालेख
महालक्ष्मी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । महालक्ष्मी कम्पनीले सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ५१ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले ५ देखि १५ वर्ष अवधिको २ हजार ७ सय ३९ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

महालक्ष्मी सरल जीवन बीमा योजना
महालक्ष्मी सरल जीवन बीमा योजनाको हकमा पनि कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले ५ देखि १५ वर्ष अवधिको ४ सय २६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

महालक्ष्मी जीवन हेरचाह बीमा योजना
महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै ५ देखि १५ वर्षसम्म अवधि भएको बीमालेख बढी विक्री गेको छ । उक्त बीमालेख १ हजार ७ सय ५९ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ५० रुपैयाँ बोनस पाउनेछन् ।

त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ४० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ५० रुपैयाँ कायम गरेको बताएको छ ।

5170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका