जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • नेपाल बैंक लिमिटेड सप्तरी शाखाको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ

नेपाल बैंक लिमिटेड सप्तरी शाखाको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ

सप्तरीमा नेपाल बैं‌क लिमिटेडको सुरक्षा कार्ड हत्या आरोपमा एकजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।

गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो ।  तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो ।

मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका