जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आरबिबि मर्चेन्ट बैंकिङ्गले असार २३ गतेदेखि १ अर्बको म्युचुअल फण्ड निष्काशन गर्ने

आरबिबि मर्चेन्ट बैंकिङ्गले असार २३ गतेदेखि १ अर्बको म्युचुअल फण्ड निष्काशन गर्ने

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड म्युचुल फण्ड असार २३ गतेदेखि निष्काशन गर्ने भएको छ । आरबिबि मर्चेन्ट बैंकिङ्गले आरबिबि म्युचुअल फण्ड १ असार २३ गते बुधबारदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्ने भएको हो । जसमा १३ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने भएको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । उक्त फण्डको इकाईमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

11305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?