जोडिनुहोस
आइतवार, असार १४, २०८३
आइतवार, असार १४, २०८३
  • होमपेज
  • प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको नघल टोल २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रको सञ्चालन गर्दै कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई १५० थान स्कूल ब्याग, ६५ वटा कापी र ६५ वटा कलम वितरण गरेको हो ।

यस प्रकारको सहयोगले विद्यार्थीहरूको पठनपाठन कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र विद्यालयका प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो ।

बैंकले देशैभरी रहेका आफ्ना ११२ शाखा कार्यालय र ३० वटा एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जोशीले बताएका छन् ।

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका