जोडिनुहोस
आइतवार, चैत्र २, २०८१
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

कृषकको टोलटोल अनि घर घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सल्यान जिल्लाको शारदा नगरपालिका ९ साल्चौरमा सम्पन्न गरेको हो ।

कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड का बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रमका प्रमुख अतिथी शारदा नगरपालिका वडा न, ९ का अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकिले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताए ।

उनले कृषकलाइ बीमाको दायरामा ल्याउन आउदा दिनहरुमा थप प्रयास गर्ने बताउदै यस्तो खालको कार्यक्रम आफ्नो वडामा पहिलो पटक भएको र यस्ता सचेतना मूलक कार्यक्रम बेला बेला हुनुपर्ने बताए । अध्यक्ष बुढाथोकीले यस्तो महत्वपूर्ण कार्यक्रम ल्याई गाउँ गाउँमा छाइ रहेको एनएलजि इन्स्योरेन्स परिवारलाई बिशेष धन्यवाद समेत दिए ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथी टेकमाइन्ड नेटवर्कका कर्णाली प्रदेश प्रमुख सङ्गम बिहानी,आइएमई लाइफ इन्स्योरेन्सका सल्यान शाखा प्रमुख भरत रोकाय, वडा सदस्य बेलधर बुढा, निबर्तमान वडा अध्यक्ष चक्र बहादुर घर्ती, कृष्ण आधरभुत विद्यालयका प्र.अ.लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा शा.न.पा. को पशु प्राबिधिक स्वागत शाही, पत्रकार ज्ञान बहादुर पुन लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष एनएलजि इन्स्योरेन्स श्रीनगर शाखाको प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

उनले सल्यानमा जिल्लामा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरन्तरता दिने बताए । शाखा प्रमुख बोहराले कार्यक्रम उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पुपन्पन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पारेका थिए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने शारदा नगरपालिकाकाका वडा ९ को वडा अध्यक्ष तथा उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत दिए । कार्यक्रममा शारदा नगरपालिका वडा नं।९ का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ३८ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।