जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • तीन बैंक वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

तीन बैंक वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

तीन बैंक तथा वित्तीय संस्थाले आफ्नो केही संस्थापक सेयर बिक्री गर्ने भएका छन्। संस्थापक सेयर विद्यमान संस्थापकहरुले नै लिनु पर्छ। उनीहरुले पनि खरीद नगरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

सेञ्चुरी कमर्सियल बैंक, कामना सेवा विकास बैंक र मञ्जुश्री फइफाइनान्सका संस्थापक सेयर बिक्री गर्न लागिएको हो।

सेञ्चुरी बैंकले प्रति कित्ता १५० रुपैयाँ दरमा २ लाख ५ हजार ५१३ कित्ता सेयर बिक्रीमा राखेको छ। यसैगरी कामना सेवा विकासब कले प्रति कत्ता २५० रुपैयाँ दरमा २ लाख ५० हजार ४६६ कित्ता सेयर बिक्रीमा राखेको हो।

यता मञ्जुश्री फाइनान्सको प्रति कित्ता ३५० रुपैयाँ दरमा ९५ हजार ९५५ कित्ता सेयर बिक्रीमा राखिएको छ। सेयर खरीदका लागि न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्छ। आवेदन भदौ २७ गतेसम्म दिइसक्नु पर्छ। सेयरकी निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल छ

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका