जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ३.८९ प्रतिशत

वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ३.८९ प्रतिशत

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको १० महिनासम्ममा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ३.news८९ प्रतिशत पुगेको छ । अघिल्ला महिनाहरुमा भन्दा यो अनुपात बढी हो।

गत चैतको तुलनामा वैशाखमा बैंकहरुको निष्क्रिय कर्जा स्थिर देखिएको छ। तर, बीचका केही महिनामा यस्तो अनुपात स्थिर देखिने र पछि बढ्ने क्रमले निरन्तरता पाउँदै आएको छ।

त्यसकारण बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्ने क्रममै रहेको देखिन्छ। गत साउनमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात २.९८ प्रतिशत रहेको थियो। जुन अहिले बढेर ३.८९ प्रतिशतमा पुगेको हो।

तथ्यांकअनुसार गत साउन र भदौमा वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात २.९८ प्रतिशत थियो। त्यसपछि असोज कात्तिक र मंसिरमा वाणिज्य बैंकका निष्क्रिय कर्जा अनुपात बढेर औसतमा ३.६१ प्रतिशत पुग्यो।

त्यो ३ महिनापछि फेरि बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढ्यो। जसअनुसार पुस, माघ र फागुनमा वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा अनुपात ३.६३ प्रतिशत रह्यो भने चैत र बैशाख महिनामा यस्तो कर्जा अनुपात ३.८९ प्रतिशत पुगेको छ।

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?