जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको सपथ

ग्लोबल आइएमई बैंकको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन्।

उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्षा पद तथा गोपनीयताको सपथ लिएका हुन्। कम्पनीको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट उनी सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए। उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको समेत उल्लेख गरे।

साथै उनले नेपालका बैंकहरुले पनि बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

कार्यक्रममा डेपुटी गभर्नरद्वय डा निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति थियो।

उनले आइतबार नै कम्पनीका नवनिर्वाचित सञ्चालकहरुलाई पनि पद तथा गोपनियताको शपथ गराएका छन्। यसअघि कम्पनीको सभाले संस्थापकतर्फ ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त चयन गरेको थियो भने सर्वसाधारण सेयरधनीतर्फ कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित गरेको थियो ।

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका