सनराइज बैंकको बुधबार बसेको सञ्चालक समितिले चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा निरज श्रेष्ठ नियुक्त गरेको छ।
रत्नराज बज्राचार्य बाहिरिएपछि श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ। श्रेष्ठले आफ्नो कार्यकाल पुरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजिनामा दिएर बसेका थिए । ३० वर्षको बैंकिङ अनुभाव बटुलेका श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्डबाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन।