जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। बैंकले काठमाण्डौ महानगरपालिका–२२ स्थित न्युरोडमा रहेका २ शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरेको हो ।
स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले उल्लेख गरेको छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

3075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर