जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • धितोपत्र बोर्डमा अख्तियारको छापा, ८९ कम्पनीको कागजपत्र नियन्त्रणमा

धितोपत्र बोर्डमा अख्तियारको छापा, ८९ कम्पनीको कागजपत्र नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । निजी ऊर्जा उत्पादकहरूले आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।

अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ । निजी ऊर्जा उत्पादकहरूको संस्थाका पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका