जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु बैंकका कर्मचारी र ग्राहकले कुपण्डोलको होटल हिमालयमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारी र ग्राहकले कुपण्डोलको होटल हिमालयमा विशेष छुट पाउने

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र होटलबीच सम्झौता भएको छ।

उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक महत्व बोकेको ललितपुर आफैँमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो। कृष्ण मन्दिर, पाटन दरवार स्क्वायर, स्वर्ण विहार जस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्न यस सहरमा देश तथा विदेशबाट पर्यटकहरूको आगमन हुने गरेको छ।

आन्तरिक तथा वाह्य पर्यटकका लागि लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ। विदेशी तथा नेपालीहरूद्वारा निकै रुचाइएको यस होटलमा साउना, स्टिम, स्विमिङ पूल, फिटनेस सेन्टर लगायतको सुविधा रहेको छ। ग्राहकहरूको सेवाका लागि सोही परिसरमा दुई वटा रेष्टुरेन्ट रहेको छ।

2500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?