जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नेपाल बैंकमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल बैंकमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मुल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । इच्छुक आवदेकले न्युनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।

ईच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यही १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सक्नेछन्

11250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका