जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • १ लाख बढीले लिए सहुलियतपूर्ण कर्जा, कुन शीर्षकमा कति ?

१ लाख बढीले लिए सहुलियतपूर्ण कर्जा, कुन शीर्षकमा कति ?

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्ममा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ ।११ महिनामा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ। उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई ९२ अर्ब ६ करोड प्रवाह भएको छ ।

त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५ महिला उद्यमीलाई ४० अर्ब ९२ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ । त्यसैगरी, २ हजार १ सय २९ ऋणीको १ अर्ब ७७ करोड सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत प्रवाह गरिएको छ ।

यसैबीच चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट २ खर्ब ४६ अर्बले कर्जा प्रवाह वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट ११ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ५.१ प्रतिशले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कर्जा १ खर्ब ५७ अर्ब ३६ करोडले बढेको थियो ।

625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका