जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ओरिएण्टल इन्स्योरेन्सको नाफा घट्यो

ओरिएण्टल इन्स्योरेन्सको नाफा घट्यो

ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ५९ लाख ५७ रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ दशमलव ९० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

कम्पनीको जगेडा कोषमा ७ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ९१ करोड ७६ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ५७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका