जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबिच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच महासंघको सचिवालय, टेकू, काठमाडौँमा बुधबार भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेशिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गर्नुभएको छ । इन्डोनेशियाले कोभिड महामारीदेखि नेपालीहरुलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेशियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गर्नुभएको छ । उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाउनुभएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेशिया सरकारसँग कुराकानी गर्ने बताउनुभएको छ ।

उहाँले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुर्नस्थापनाका लागि आफूले पहल गर्ने समेत बताउनुभयो । उहाँले नेपाली व्यवसायीले इन्डोनेशियामा धेरै वस्तुहरु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताउनुभयो । नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको छ ।

दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरु इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरु आयात गर्ने गर्छ ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका