
उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ्गलाई मिल्सको आईपीओ तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशपछि कम्पनीलाई एकपछि अर्को धक्का लागेको छ ।
अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले हालेको मुद्धामा सुनुवाई गर्दै अदालतले निष्कासन गर्न लागेको रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न आदेश दिएको हो।
अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाइएको कम्पनीको आईपीओ निष्कासन विरुद्धको सो मुद्धामा अधिवक्ताहरू डा अवतार न्यौपाने, डा केशव प्रसाद श्रेष्ठ, बासुदेव रिजाल र श्री रपिस पोखरेलले बहस गरेका थिए ।अब विपक्षीहरु जवाफसहित अदालतमा हाजिर हुने छन् ।अदालतको यो आदेशसँगै कम्पनीको आईपीओ तत्काल निष्कासन नहुने देखिएको छ ।
अदालतले सम्पूर्ण प्रक्रिया नै पनि बदर गर्न सक्नेछ । संस्थागत लगानीकर्तासँग मिलेर कम्पनीको मूल्य अत्यधिक बढाइएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ भने शेयर लगानीकर्ताले समेत मूल्यमा प्रश्न गर्दै आएका छन्।
अदालतबाट अन्तरिम आदेश आउने देखेर र सार्वजनिक लेखा समितिले पनि प्रश्न उठाएपछि धितोपत्र बोर्डले बुधबार नै आईपीओ निष्कासन प्रक्रिया स्थगन गरिसकेको छ ।
हेर्नुहोस् अल्पकालीन अन्तरिम आदेश :

सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































