जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जीबी राईसहित १९ जनाविरुद्ध अभियोगपत्र दर्ता

जीबी राईसहित १९ जनाविरुद्ध अभियोगपत्र दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम जोडिएको पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिल कार्यालयले १९ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ। सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन उल्लङ्घनका धारामा अभियोगपत्र पेश गरिएको हो।

कास्की जिल्ला अदालतका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार, १९ जनामध्ये १६ जनालाई संगठित अपराधको दफा थप गरिएको छ भने जीबी राई भनिने गितेन्द्रबाबु राईमाथि सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अन्तर्गतको दफा थप गरिएको छ। मुद्दाको पुरानो बिगो १ अर्ब ११ करोडमा ४० करोड थप गरिएको छ।

रवि लामिछाने र छविलाल जोशीसहित अन्य नयाँ आरोपितहरूमाथि आइतवारमात्र अभियोगपत्र दर्ता गरिने जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। “९० दिनभित्र मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधानअनुसार आइतवार अन्तिम दिन हो,” उनले भनिन्।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कारबाही गर्न सिफारिस गरेको छ। लामिछाने भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। उनलाई कात्तिक २ गते काठमाण्डूबाट पक्राउ गरी कास्कीमा लगिएको थियो।

सहकारी प्रकरणमा ५१ जना मुछिएका छन् भने नेपाल प्रहरीको सीआईबीले पनि अनुसन्धानमा सहयोग गरेको छ। अदालतले लामिछानेसहितका प्रतिवादीको हिरासत म्याद आठौँ पटक थपेको छ।

2250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका