जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • लालीगुराँस सहकारीका सञ्चालकविरुद्ध परेन थप जाहेरी

लालीगुराँस सहकारीका सञ्चालकविरुद्ध परेन थप जाहेरी

ललितपुरको लालीगुराँस सहकारीले रकम अपचलन गरेको विषयमा अनुसन्धान सुरु गरेको नेपाल प्रहरी थप उजुरी नआएपछि अन्योलमा परेको छ ।

एक जना बचतकर्ताले ३ करोड ठगीको जाहेरी दिएपछि प्रहरीले सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। तर, १४ असारमा उनीहरु पक्राउ परेपछि भने सहकारीको बचत रकम अपचलनमा कुनै उजुरी नपरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

उनीहरूले आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाई बचतकर्ताहरूलाई हानी नोक्सानी पुर्‍याई, सञ्चालकहरूलाई लाभ दिएको आरोप छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । यो सहकारीको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरिरहेको छ । १ चैतमा जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी परेको थियो ।

अहिलेसम्म थप पीडित सम्पर्कमा नआएकाले कोही उक्त सहकारीबाट पीडित भएमा जतिसक्दो चाँडो ललितपुर प्रहरीमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरको छ ।

५ जना अझै फरार

यो सहकारी ठगी प्रकरणमा पाँच जना भने अझै फरार छन् । प्रहरीले ३० चैतमा ललितपुर जिल्ला अदालतबाट ९ जनाविरुद्ध पक्राउ अनुमति लिएको थियो । तीमध्ये ४ जनालाई १४ असारमै पक्राउ गरिए पनि बाँकी ५ जना अझै फरार रहेको परिसरका एसपी तथा प्रवक्ता सुवेदीले बताए ।

फरार हुनेहरुमा सहकारीका उपाध्यक्ष हजुरी विष्ट, सदस्य भोलाकुमार श्रेष्ठ, लेखा समिति संयोजकहरु पुण्यप्रसाद पोखरेल, विद्यादेवी पाण्डे र तिमिला रञ्जितकार छन् । फरारहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका