जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • अर्बपति दिपक खड्का बने ऊर्जामन्त्री 

अर्बपति दिपक खड्का बने ऊर्जामन्त्री 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दिपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । सङ्खुवासभाका खड्का अर्बपति हुन् । खड्का दम्पतीको नाममा काठमाडौँको बुढानीलकण्ठ र संखुवासभामा घरजग्गा छन् । खड्काको जमिनमात्रै बुढानीलकण्ठ र चन्द्रागिरिमा २१ रोपनी दुई आना छ ।

संखुवासभामा उनको ५६ रोपनी जग्गा छ । विभिन्न नौ कम्पनीमा खड्का र उनकी पत्नीका नाममा करोडौँको सेयर रहेको बताइएको छ । संखुवासभाको धर्मदेवी नगरपालिका–८, निवामा २०२८ असार १५ गते जन्मिएका खड्का ऊर्जा क्षेत्रका लगानीकर्ता समेत हुन् । 

०४२ सालमा संखुवासभाकै अमरुवा माध्यमिक विद्यालयमा पहिलोपटक नेविसंघको तदर्थ समिति गठन गर्दा खड्का अगुवा थिए । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुगेका उनी ०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भए । उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा समाजशास्त्र सङ्कायमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

०६७ सालमा गृह जिल्ला संखुवासभाबाट कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित भए । सोही क्रममा उनी २०७३ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए ।

२०७४ सालको निर्वाचनमा भने वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजेन्द्र गौतमले खड्कालाई पराजित गरेका थिए । खड्का पुनः प्रतिनिधि सभाको २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित बनेका हुन् । खड्काले एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४३९ मतान्तरले पराजित गरेका हुन् ।

खड्काले ३२ हजार १५८ मत ल्याउँदा एमालेका उम्मेदवार गौतमले भने २६ हजार ७१९ मतमात्रै ल्याएका थिए । कांग्रेसको १४औँ अधिवेशनमा उनी संखुवासभाको जिल्ला सभापतिमा निर्वाचित भए 

350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका