जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

प्रकाशराज शर्माको नेतृत्वमा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल लघुवित्त बैकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन्। लक्ष्मी लघुवित्तमा आवद्ध शर्मालाई संघको पन्ध्रौं साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो।

उपाध्यक्षमा धौलागिरी लघुवित्तका मीनबहादुर बोहोरा, महासचिवमा नेशनल माइक्रो फाइनान्सका रामबहादुर यादव, कोषाध्यक्षमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक र सचिवमा सबैको लघुवित्तका केशव कुमार पौडेल चयन भएका छन्।

त्यसैगरि सदस्यहरुमा जनउत्थान लघुवित्तका श्रीराम पोखरेल, माहुली लघुवित्तका गंगाधर पाण्डे, इन्फिनिटी लघुवित्तका प्रविणकुमार लामा, आशा लघुवित्तका बद्रीप्रसाद दुलाल, सिभिल लघुवित्तका विनोद आचार्य र जालपा सामुदायिक लघुवित्तकी बिमला योगी चयन भएकी छन्।

कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले लघुवित्त संस्थाहरुको २०७८ असार मसान्तको कुल पूँजी कोष ३९ अर्ब रुपैयाँ रहेको बताउँदै सदस्यहरुको निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँ पुगेको बताए।

6290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका