जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • डिआइजी अशोक सिंहले दिए राजीनामा

डिआइजी अशोक सिंहले दिए राजीनामा

डिआइजी अशोक सिंहले राजीनामा दिएका छन्। उनी उमेर विवादमा परेका थिए।

उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।

उनको राजीनामा पत्र आज नै गृह मन्त्रालय पठाउने तयारी रहेको उक्त स्रोतले बताएको छ।

उमेरबारे उनीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए।

२०४२ साल जेठ २२ गते नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ।

उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।

प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष छ। तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए।

उनीसहित १७ जना गत असार ८ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। उनी बढुवा हुनुअघि नै उमेर हद पुगिसकेको थियो।

अहिले रिक्त रहेको ५ एआइजीको बढुवाको लागि प्रतिस्पर्धीसमेत रहेका उनले राजीनामा दिएका हुन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका