जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकले डा. खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएको हो ।

यस्तै, ओलीका विश्वासपात्र तथा एमालेका नेता विष्णु रिमाल प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका कांगे्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

डा. खतिवडा पूर्व गभर्नर, योजना आयोगका पूर्व उपाध्यक्ष हुँदै ०७४ सालमा अर्थमन्त्री समेत बनेका थिए । राष्ट्रिय सभा सदस्यको रुपमा केही वर्ष काम गरेका उनी कार्यकाल सकिएपछि फुर्सदिला थिए ।

सरकारको नेतृत्वनेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । उनी एमालेमा समेत ओलीको विश्वास पात्रमध्येमा गनिन्छन् । एमालेमा उनलाई नेताभन्दा पनि प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा चिनिन्छ ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?