जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कमर्शियल बैंकले नघटाएपनि विकास बैंक र फाइनान्स कम्पनीले घटाए ब्याज

कमर्शियल बैंकले नघटाएपनि विकास बैंक र फाइनान्स कम्पनीले घटाए ब्याज

कमर्शियल बैंकहरुले मङ्सिर महिनाका लागि ब्याजदर यथावत राखेपनि बिकास बैंक र फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका छन्। डेभलपमेन्ट बैंकर एसोसिएसन (डीबीएन) को आज मंगलबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो।

विकास बैंकहरुले मङ्सिर महिनाका लागि ब्याज घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर एसोसिएसन (डीबीएन) का अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रध्युमन पोखरेलले बिजपाटीलाई बताए।  ब्याज बढाउँदा पनि बैंकिंग प्रणालीमा तरलता नबढेकाले ब्याज घटाउने निर्णय गरिएको उनको भनाई छ।

“हामीले ब्याजको दर बढाएर हेर्यौ तर अपेक्षा गरेअनुसार पैसा प्रणालीमा आएन” उनले भने, “एकोहोरो ब्याज बढाउँदा ऋणीको मात्र नभई बैंकको पनि लागत बढ्ने भएकाले सबैलाई राहत मिलोस भनेर ब्याजको दर घटाउने निर्णय गरेका हौँ।”

अध्यक्ष पोखरेलकाअनुसार विकास बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत रहेकोमा मङ्सिरदेखि यो दरलाई ०.१५ प्रतिशतले घटाएर १२.८५ प्रतिशत पुर्याइएको छ भने संस्थागततर्फ १०. ८५ प्रतिशत ब्याज तोकिएको छ।

त्यस्तै फाइनान्स कम्पनीहरुले पनि मङ्सिर महिनादेखि लागू हुनेगरी ब्याजको दर घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनीहरुले ३ महिने मुद्दती निक्षेपमा शुन्य दशमलब २० प्रतिशत तथा एक बर्ष वा त्यो भन्दा माथिको अवधिको लागि शुन्य दशमलव १५ प्रतिशतले ब्याज घटाउने निर्णय भएको नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजि तुलाधारले बिजपाटीलाई बताए।

अध्यक्ष तूलाधारकाअनुसार फाइनान्स कम्पनीहरुको तीन महिने व्यक्तिगत मुद्दती निक्षेपको ब्याज १३.२० प्रतिशतबाट १३ प्रतिशत तथा एक बर्ष वा त्यो भन्दा माथिको अवधिको लागि १३.४५ प्रतिशतबाट १३.३० प्रतिशतमा झारिएको छ। त्यस्तै संस्थागततर्फ ११.२० प्रतिशतबाट ११ प्रतिशत तथा  एक बर्ष वा त्यो भन्दा माथिको अवधिको लागि ११.४५ प्रतिशतबाट ११.३० प्रतिशतमा झारिएको छ।

विकास बैंक र फाइनान्स कम्पनीहरुले मङ्सिरदेखि लागू हुनेगरी ब्याजदर घटाएपनि कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बिहान बसेको बैठकले भने  कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिने निर्णय गरेका छन्।  कमर्शियल बैंकहरुले बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज  तोकेका छन्।

1605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका