जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • निक्षेप १९ अर्ब थपिंदा विकास बैंकले सवा २४ अर्बले बढाए व्यवसाय, कुनको कति ?

निक्षेप १९ अर्ब थपिंदा विकास बैंकले सवा २४ अर्बले बढाए व्यवसाय, कुनको कति ?

राष्ट्रियस्तरका विकास बैंकले व्यवसाय २४ अर्ब ४४ करोड रुपैयाँले बढाएका छन्। विकास बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा २४ अर्ब ४४ करोड रुपैयाँले व्यवसाय गरेका हुन्। ८ मध्ये ७ बैंकले व्यवसाय बढाउँदा एउटाको भने घटेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ७ अर्ब ८४ करोडले व्यवसाय बढाएको छ।

गरिमा विकास बैंकले ४ अर्ब ७९ करोड, कामना सेवा विकास बैंकले ३ अर्ब ४४ करोड, लुम्बिनी विकास बैंकले ३ अर्ब ११ करोड, सांग्रिला डेभलपमेन्ट बैंकले २ अर्ब ९८ करोड, महालक्ष्मी विकास बैंकले २ अर्ब ६९ करोड र मुक्तिनाथ विकास बैंकले ९५ लाख रुपैयाँले व्यवसाय बढाएका छन्।

ज्योति विकास बैंकको व्यवसाय भने ४४ करोड ३५ लाखले खुम्चिएको छ।

विकास बैंकहरुमा ११ महिनामा १९ अर्ब २९ करोड ९७ लाख रुपैयाँ निक्षेप थपिएको छ। ८ मध्ये ७ बैंकमा निक्षेप थपिंदा मुक्तिनाथ विकास बैंकमा भने निक्षेप घटेको छ।

पुँजीकोष अभावका कारण व्यवसाय बढाउने ठाँउ नै नहुँदा मुक्तिनाथ विकास बैंकले रणनीतिक रुपमा नै निक्षेप घटाएको हो। यस बैंकमा ११ महिनामा निक्षेप ७ अर्ब ९३ करोडले खुम्चिएको छ।

लुम्बिनी विकास बैंकमा सबैभन्दा धेरै ८ अर्ब ८७ करोड, शाइन रेसुंगामा ७ अर्ब ५८ करोड, गरिमा विकास बैंकमा ४ अर्ब ७४ करोड, कामना सेवा विकास बैंकमा ३ अर्ब ४५ करोड, ज्योति विकास बैंकमा १ अर्ब ३९ करोड, सांग्रिला डेभलपमेन्ट बैंकमा १ अर्ब २३ करोड र महालक्ष्मी विकास बैंकमा ६७ करोड रुपैयाँ निक्षेप थपिएको छ।

विकास बैंक२०८० असार (निक्षेप रु. दश लाखमा)२०८१ जेठ
(निक्षेप रु. दश लाखमा)
थपघट रकम (रु. दश लाखमा)२०८० असार (कर्जा रु. दश लाखमा)२०८१ जेठ
(कर्जा रु. दश लाखमा)
थपघट रकम (रु. दश लाखमा)
महालक्ष्मी५३५१९.२७५४,१९५.८०६७६.५३४१८१३.५३४४,५०५.३०२,६९१.७७
सांग्रिला५२५०९.४३५३,७४२.५२१,२३३.०९४२०९३.२४५,०७७.१९२,९८३.९९
मुक्तिनाथ११७९२६.६५१०९,९९३.१४-७,९३३.५१९७३३९.२५९७,३४८.७९९.५४
गरिमा७९०६८.६८८३,८१२.१८४,७४३.५०६५५६८.९४७०,३६५.३४४,७९६.४०
कामना५५७३५.८५५९,१८८.७८३,४५२.९३४६७७२.९८५०,२२१.५८३,४४८.६०
ज्योति६३४४५.७३६४,८४५.५९१,३९९.८६५४७०२५४,२५८.४४-४४३.५६
शाइन रेसुंगा५६४१५.९८६३,९९८.५२७,५८२.५४४५९६४.५५५३,८०४.६५७,८४०.१०
लुम्बिनी५०५८४.३५८,७२९.१५८,१४४.८५४४५७०.३४४७,६८४.९९३,११४.६५
जम्मा५२९२०५.८९५४८,५०५.६८१९,२९९.७९४३८८२४.७९४६३,२६६.२८२४,४४१.४९

स्रोत : नेपाल राष्ट्र बैंक

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका