जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारीमा ६ जनाको आवेदन

पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारीमा ६ जनाको आवेदन

नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाले आवेदन दिएका छन्। आवेदन दिनेहरुमा निवर्तमान प्रमुख कार्यकारी चिरायू भन्डारीदेखि राष्ट्र बैंकका अवकाश कर्मचारीसम्म छन्।

राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल, नबिल बैकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य, राष्ट्रिय बाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य छन्।

पुनर्बीमा कम्पनीमा सरकारी लगानी धेरै भएकाले अर्थमन्त्री निकटहरुको संभावना उच्च छ। अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा सञ्चालक समितिका सचिवका रुपमा पौडेललाई जिम्मेवारी दिइएको थियो।

अहिले पनि पौडेल विश्व बैंकको एक कार्यक्रमअन्तर्गत रहेर अर्थमन्त्रालयमा कार्यरत छन्।

कम्पनीबाटै अवकाश भएकाले प्राथमिकतामा भन्डारी पनि पर्नेछन्। तर उनलाई बर्तमान अर्थमन्त्रीले नरुचाएका कारण संभावना न्यून छ। शेखर बराल झापाली हुन् र उनीसँग बीमा क्षेत्रको लामो अनुभव छ। बाँकी उमेद्वारहरुले पनि सरकारी पहुँचका आधारमा आवेदन दिइएको बताइएको छ।

15890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?