जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सौर्य एयरको जहाज दुर्घटनास्थलबाट २२ को शव दुर्घटनास्थलमा फेला, क्याप्टेनको केएमसीमा उपचार हुँदै  

सौर्य एयरको जहाज दुर्घटनास्थलबाट २२ को शव दुर्घटनास्थलमा फेला, क्याप्टेनको केएमसीमा उपचार हुँदै  

सौर्य एयरको जहाज दुर्घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले २२ जनाको शव फेला परेको जानकारी दिए ।

यात्रु सूचीमा १७ जना र चालक दलका दुई सदस्य गरी १९ जना सवार थिए । तर दुर्घटना स्थलमा २२ जनाको शव फेला परेको उनको भनाइ छ । विमानका चालक मनिष शाक्यलाई अस्पताल लगिएको छ भने अन्यको शव फेला परेको हो । यात्रु सूचीमा रहेका बाहेक ३ जना को हुन् भन्नेबारे खोजी भइरहेको पाण्डेले बताए ।

सडक नजिक भएको र विमानस्थलमा निर्माणको काम पनि भइरहेकाले त्यससँग सम्बन्धित कोही भएको हुन सक्ने आशंका गरिएको छ ।

चालक दलका सदस्य र इन्जिनिरसहित कर्मचारी लिएर बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडान भर्नासाथ विमान दुर्घटनामा परेको थियो । उड्ना साथ सौर्य एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको हो ।

सौर्यको चार्टर्ड फ्लाइटमा चालक दलका सदस्यसहित १९ यात्रु रहेको विमान गोठाटारपट्टीको भागमा खसेर आगलागी भएको हो।

क्याप्टेन मनिष शाक्यलाई भने उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पताल लगिएको छ ।

450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका