जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१

Sticky Breaking News

तुलसी गौतमको चमत्कार

तुलसी गौतमको चमत्कार

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक  मर्जर गराउने जिम्मा लिएर अति ठूलो रकम ओली सरकारलाई बुझाइसकेपछि अति शक्तिशाली बनेका तुल्सी गौतमले स्वयम् मर्जर गराउने जिम्मा लिएको बापत रु. १० (दश करोड लिएको थाहा हुन आएको छ । तुल्सी गौतमले प्रधानमन्त्रि, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्रि जनार्दन शर्मालाई काम गराउने जिम्मा लिएका छन् भन्ने थाहा हुन आएको छ ।

यि नेताहरुलाई कति दिएका छन्, त्यो समयमा नै थाहा हुनेछ । प्रचण्डले अर्थमन्त्रि जनार्दन शर्मालाई फोन गरी मर्जरको काम नसकुन्जेल तुल्सी गौतमलाई नहटाउनु भनी निर्देशन दिएको बुझिन्छ अरुले मर्जर गराउन नसक्ने, तर तुल्सीले मात्र सक्ने काम कस्तो काम होला । यसबाट ठूलो रकम प्रचण्डले बुझिसकेका छन् भनेर पुष्टि हुन्छ । ओली भ्रष्ट भनेर गाली गर्ने मान्छे अब त्यही ओलीको विश्वास पात्र मार्फत पैसा असुल्न पर्ने कस्तो चमत्कार तुल्सीले गरेको होला ।

अर्थ मन्त्रि नपाई मन्त्रि बन्दिन भनेका अर्थमन्त्रिको योजना बाहिर आउँदैछ । एक कर्मचारीलाई आफ्नो अफिसमा बोलाई राजीनामा दिनु भनी भनेका मन्त्रि अन्तिममा त्यही कर्मचारी तुलसीको पाउ पर्नु कस्तो तुल्सीको चमत्कार होला । अर्थमन्त्रिको मन्साय सबै कर्मचारी र व्यवसायीले बुझिसकेका छन् पहिला तसांउने अनि पछि पैसा असुल्ने कसैले त अर्थमन्त्रिको हैसियत त मुखियाको जती पनि छैन किनभने अध्यक्ष प्रचण्ड कहाँ बाट फोन गराए भने मन्त्रिको केही हैसियत हुँदैन ।

अब थाहा भयो कि निर्वाचन पछि माओवादी कसरी शक्तिशाली बन्दछ भनेर अब कर्मचारी र ब्यवसायीले राम्रै अर्थमन्त्रि काम गर्न आएको होइन चन्दा र पैसा असुल्न आएको भनेर

अहिले अर्थमन्त्रिले तुल्सीले अति राम्रो संग योजनाबद्ध तरिकाले पैसा असुल्न जानेको रहेछ भनेर विश्वास गरिसकेको छ मर्जर गराएर रु. ५० करोड र दुई महिना भित्र अर्को रु. २ अब विभिन्न व्यवसायी संघ उडाउन तुलसी गौतमलाई जिम्मा दिने समझदारी भएको छ भनेर थाहा हुन आएको छ ।

राष्ट्र बैंकका कर्मचारीहरु तुलसीसंग कोही नाता जोड्न, कोही असाध्यै घनिष्ठ साथी भनी चाकरी बनाउन शुरु गरेका छन् । केही दिन पछि गभर्नर महाप्रसादको हैसियत थाहा हुनेछ । पैसा भन्ने कस्तो रहेछ ओलीको विश्वास पात्रको आफ्नो पक्षमा पनि ल्याउन सक्दो रहेछ । तर बुझिन्छ तुलसीले ओली, प्रचण्ड र जनार्दन शर्मालाई मूर्ख गरी खेलाई रहेका छन् ।

8585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका