जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • सन नेपाल लाइफद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमा दाबी बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीबाट बीमा गराइ वैदेशिक रोजगारमा मलेसिया गएका बीमित कमल बुढाथोकीको हृदयघात भई उपचारको क्रममा मलेसियामै मृत्यु भएको थियो ।

कम्पनीले निजको परिवारलाई बीमा दाबी बापतको १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कम्पनीको शाखा नयाँ बानेश्वर शाखा प्रमुख तेजेन्द्र सुबेदीले सो रकम वापतको चेक हस्तान्तरण गरे ।

सो कार्यक्रममा नयाँ बानेश्वर शाखा कार्यलयकी कर्मचारी एलिसा खतिवडा तथा बीमितकी आमा तुलसी बुढाथोकीको समेत उपस्थिती थियो ।

2630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका