जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हुवावेले ल्यायो नयाँ अपरेटिङ सिस्टम हार्मोनी ओएस

हुवावेले ल्यायो नयाँ अपरेटिङ सिस्टम हार्मोनी ओएस

चिनियाँ टेक जायन्ट हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। चीनमा जारी हुवावे डेभलपर कन्फ्रेन्समा कम्पनीले उक्त सिस्टम सार्वजनिक गरेको हो। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस हुने छ।

हुवावेको यो सिस्टम बहु डिभाइस कनेक्ट हुने छ। स्मार्टफोन तथा अन्य होम डिभाइसमा प्रयोग गर्न मिल्ने यसको पहिलो प्रयोग भने स्क्रिन डिभाइसमा हुने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका कन्जुमर प्रमुख कार्यकारी रिचर्ड युले हार्मोनी सार्वजनिक गरेका हुन्।

यो सिस्टम स्मार्टफोन,स्मार्ट स्क्रिन, स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने उनले जानकारी दिए। हुवावेको इन्टरनेट अफ थिंकको पार्टका रुपमा यसलाई कम्पनीले घोषणा गरेको छ। कम्पनीका अनुसार इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा यो सिस्टम प्रयोग हुने छ।

8990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका