जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आइपीओ निष्काशनका लागि चन्द्रागिरी हिल्सले बोर्डबाट पायो अनुमति

आइपीओ निष्काशनका लागि चन्द्रागिरी हिल्सले बोर्डबाट पायो अनुमति

चन्द्रागिरी हिल्सले धितोपत्र बोर्डबाट आइपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो ।कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आइपीओे निष्काशनका लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।

6270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका