जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • ज्ञानेन्द्र ढुंगाना भन्छन्-‘निजी क्षेत्र र बैंकरले खोजेजस्तै मौद्रिक नीति आयो’

ज्ञानेन्द्र ढुंगाना भन्छन्-‘निजी क्षेत्र र बैंकरले खोजेजस्तै मौद्रिक नीति आयो’

नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकर र निजी क्षेत्रले भनेजस्तै मौद्रिक नीति आएको भन्दै शिथिल अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिंदै नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले मौद्रिक नीतिले बैंकहरुले पछिल्लो समय भोगिरहेका समस्याहरुको समेत समाधान गरिदिने बताए ।

लोन हुँदा पनि दिन नसक्ने अवस्था, पूँजीकोषमा भोगिरहनु परेको दवाब, असल तथा खराब कर्जाको वर्गीकरण सम्बन्धी व्यवस्थाले पारेको सकस लगायतका थुप्रै समस्या समाधानका लागि राष्टबैंकले नीतिगत व्यवस्था गरिदिएको उनको भनाई छ ।

उनले आफ्नो बुझाईमा निजी क्षेत्र समेत मौद्रिक नीतिप्रति सकारात्मक बन्नुपर्ने व्यवस्थाहरु आएका छन् ।

उनको भनाईमा मौद्रिक नीतिले गरेको व्यवस्थाहरुका कारण बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्यमा सुधार आउने, कर्जा बिस्तार हुने र बैंकहरुले थप व्यवसाय गर्नसक्ने भएकाले नाफा लगायतका मुख्य सूचकहरुमा समेत राम्रो सुधार हुने विश्वास व्यक्त गरे ।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका