जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नक्कली बिल बनाई ठगी गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर

नक्कली बिल बनाई ठगी गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष र कार्यालय प्रमुख सहित चार जना विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले पाल्पाका खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष करूणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा र प्रोपाइटरहरु समेत ४ जना  विरुद्ध मुद्दा दायर गरेको हो ।

खेलकुद विकास समितिको अध्यक्षसमेतले आ.व. २०७३/०७४ र २०७४/०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा आयोगले अनुसन्धान गर्दा उनीहरुले भ्रष्टाचार गरेको पाइएको आयोगको भनाई छ ।

पाल्पा स्थित रामपुर बहुउद्देश्यीय कभर्डहलको निर्माणमा प्रावधान विपरित विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी गर्नुपर्नेमा फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिसँग अति संक्षिप्त रूपको परामर्श सेवा खरिद सम्झौता गरेको आयोगको आरोप छ । उक्त डिपीआर पेश गरेपछि मात्र ९ लाख ९० हजार रुपैयाँ भुक्तानी दिनुपर्नेमा डिपीआर नै पेश नगरी इन्सेप्शन रिपोर्टलाई नै डिपीआर रिपोर्ट भनी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका प्रोप्राइटरले झुठा विल भरपाई पेश गरेको आयोगले जनाएको छ ।

सोही आधारमा वदनियतपूर्वक फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका प्रोप्राइटरहरू सन्देश पाण्डे र झपेन पाण्डेलाई लाभ र नेपाल सरकारलाई हानी पुर्याउने उद्देश्यले निजहरु करूणा काफ्ले र तारा बहादुर थापाले भुक्तानी दिएको हुँदा उनीहरु विरुद्ध ९ लाख ९० हजार रुपैयाँ मागदावी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

2475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका