जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको हो ।

रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरे । उक्त कार्यक्रमका उद्देश्य तथा महत्वबारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारिन् ।

प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।

1745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका