जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रभु बैंक सञ्जाल विस्तारमा आक्रामक, बागलुङमा एकै दिन ४ वटा नयाँ शाखा सञ्चालनमा

प्रभु बैंक सञ्जाल विस्तारमा आक्रामक, बागलुङमा एकै दिन ४ वटा नयाँ शाखा सञ्चालनमा

प्रभु बैंक आफ्नो सञ्जाल विस्तारमा आक्रामक देखिएको छ। बैंकले एकै दिन बागलुङमा ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैकले ढोरपाटन नगरपालिका-७, बोवाङ, निसीखोला गाउँपालिका-५, निसी, बडिगाड गाउँपालिका-२, खरबाङ र बडिगाड गाउँपालिका -७, भिमगिठेमा सोमबारदेखि शाखा सञ्चालनमा ल्याएको हो। ती शाखा एक समारोहबीच बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे।

विस्तारसँगै बैंकका शाखा संख्या ३३१ पुगेका छन्। शाखा विस्तारले बैंकिङ पहुँच वृद्धिका साथै देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बैंकले बताएको छ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?