जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सेञ्चूरी कमर्सियल बैंकले कर्णाली प्रदेशका कृषकलाई सहुलियतपुर्ण कर्जा दिने

सेञ्चूरी कमर्सियल बैंकले कर्णाली प्रदेशका कृषकलाई सहुलियतपुर्ण कर्जा दिने

कर्णाली प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले र सेञ्चुरी कमर्सियल बैंकबिच सम्झौता भएको छ । मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” कार्यान्वयनमा ल्याउन भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी बैंकबिच सम्झौता गरिएको हो ।

सम्झौता पश्चात कर्णाली प्रदेश अन्तर्गत रहेका सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाहरुबाट व्यावसायिक कृषकहरुले सहुलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन् । उक्त सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले मन्त्रालयमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेका थिए ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका