जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : बोर्डले गल्ती स्वीकार गरेका यी हुन् ३ निर्णय 

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : बोर्डले गल्ती स्वीकार गरेका यी हुन् ३ निर्णय 

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमा विगतमा आफूले गरेका गल्तीहरुलाई सच्याउने प्रतिवद्धता जनाएको छ ।यसअघि गरेको गल्तीमा सार्वजनिक प्रश्न उठेपछि नीति तथा कार्यक्रमै राखेर बोर्डले आगामी दिनमा नदोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

ती हुन् :

१.धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने ।

-धितोपत्रको सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्न र निर्देशन तथा अन्तरराष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखेर नेपालमा पनि लागू गर्ने ।

बोर्डले यसअघि आईपीओ निष्कासनको क्रममा सार्वजनिक स्तरबाट उठेका गुनासालाई समयमा सम्बोधन नगर्दा सडकदेखि सदनसम्म प्रश्न उठेको थियो ।

घोराही सिमेन्ट,नेपाल रिपब्लिक मिडियासहित प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको विषयमा सार्वजनिक लेखा समितिले त्यतिबेलामा पनि प्रश्न उठाएको थियो भने संसदमा समेत सासंदहरुले प्रश्न उठाएका थिए । वित्तीय विवरण कमजोर भएका कम्पनीलाई पनि आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै बोर्डमाथि गम्भिर प्रश्न उठेको थियो।

२.बुक विल्डिङ्ग विधिमार्फत् सार्वजनिक निष्कासनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने ।

-बोर्डले प्रयोगमा ल्याएको बुक विल्डिङ विधिमा छोटो समयमा नै विवाद आएपछि यस्तो निष्कासनलाई पनि व्यवस्थित बनाउने, नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने बताएको छ। पछिल्लो समय रिलायन्स स्पिनिङ मिल्स कम्पनीको शेयरमा प्रश्न उठेपछि धितोपत्र बोर्ड सचेत भएको छ।

३.लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गर्ने ।

-सूचीकृत कम्पनीको संस्थापक शेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरिने छ ।

हाल संस्थापकतर्फको शेयरमा लकइन अवधि तीन वर्षको छ । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एउटै तीन वर्ष हुँदा प्रभावित स्थानीय भने मर्कामा पर्ने गरेका छन् । प्रभावित स्थानीय र संस्थापकको लकइन अवधि एकै समय राखिंदा बजारमा शेयर संख्या एक्कासी बढ्न जाने र त्यसले मूल्यमा प्रत्यक्ष असर पर्ने गरेको छ ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका