नेपाल राष्ट्र बैंकले असर्फी खरिदका लागि अनिवार्य परिचय पत्र चाहिने व्यवस्था लागू गरेको छ ।
केन्द्रीय बैंकको टक्सार महाशाखाले ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनिवार्य रुपमा नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा चालक अनुमति पत्रको आवश्यकता पर्ने उल्लेख गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले महत्वपूर्ण सामान बिक्रीगर्दा कम्प्यूटर बिलिङ्ग उपलब्ध गराइने व्यवस्था मिलाइएकोले परिचय पत्रको आवश्यकता परेको बताएको छ ।
त्यस्तै विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।