जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स बीच सम्झौता

कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स बीच सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा. लि.मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा FOTON ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल प्रा. लि. को तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

7120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका