जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र संचालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । उनलाई बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

करिव २० वर्षभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा आवद्ध आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् । साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट ‘बिजनेस एडमिस्ट्रेसन’ विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका