जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१% ले घट्यो, प्रतिशेयर आम्दानी कति ? 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ४.५१% ले घट्यो, प्रतिशेयर आम्दानी कति ? 

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक वर्ष  २०८०/ ०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

आइतबार प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४.५ प्रतिशतले घटेको छ ।कम्पनीले अघिल्लो आवमा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाए थियो ।तर गत आवमा भने कम्पनीले ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।यो नाफा ४.५१ प्रतिशतले कमी हो ।खुद ब्याज आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो ।कम्पनीको खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशतले बढेको छ।

कम्पनीको नाफामा सामान्य गिरावट आउँदा प्रतिशेयर आम्दानी केहि घटेको छ । अघिल्लो वर्ष प्रतिशेयर आम्दानी ३६.७५ रुपैयाँ रहेकोमा अहिले ३५.९ रुपैयाँमा झरेको छ । प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६.६ प्रतिशत छ ।

कम्पनीको खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशतले बढेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १७.२१ गुणा छ। सो अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ छ।

समीक्षा अवधिमा कम्पनीले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको रिजर्भ कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।कम्पनीको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ  छ ।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका