जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ ।

‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो । ग्राहकहरुलाई अत्याधिक सुविधायुक्त विशेषताहरु रहेको यस नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकहरुलाई मुल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको छ । यस्तै, आवास निर्माणका लागि अधिकतम १०० प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

कर्जाको भुक्तानी अवधि ३५ बर्षसम्म रहने यस कर्जा योजनामा ३ बर्षसम्म निश्चित ब्याजदरको व्यवस्था गरिएको छ । यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामाग्री, हार्डवेयर सामाग्री, फर्निचर लगायतका सामाग्रीमा विशेष छुटको व्यवस्था गरिएको छ ।

आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने मेगा बैंकले जनाएको छ । बैंकका अनुसार, सवारी साधन कर्जाको अवधि अधिकतम १० बर्षसम्म हुने यस योजनामा उल्लेख छ । अन्य आकर्षक सुविधाहरु समेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको ७ दिन भित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

12010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका